कैलालीका बलात्कार मुद्दाका चार जना फरार अभियुक्त पक्राउ
2020/07/03, 6:55
 
rape

कैलालीमा करणी मुद्दाका फरार चार जना अभियुक्तलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई नाबालक सहित चार जनालाई विभिन्न मितिमा पक्राउ गरिएको हो। गत जेठ ७ गते १७ वर्षिया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ लौसाका २० वर्षिया उमेश कठरीयालाई बुधवार पक्राउ गरिएको हो।

उनको बिहिबार कैलाली जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्यादथप समेत गरिएको छ। यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का दिनेश भनिने दिर्घ कोईरालालाई गत बैसाख ९ गते १६ वर्षिय किशोरीलाई करणी गरेको अभियोगमा मंगलबार पक्राउ गरिएको हो। उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

अन्य दुई नाबालकलाई पनि पक्राउ गरिएको छ। १६ वर्षिय दृष्टिविहिन बालिकालाई करणी गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो। असार २० गते गोदावरी नगरपालिकामा १६ वर्षिया दृष्टिविहिनलाई करणी गरेको अभियोगमा एक जना भने यस अघि नै पक्राउ परेका थिए। फरार रहेका दुई नाबालकलाई पनि बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ।