सामाजिक बिकास मन्त्रीसंग युवाहरुका प्रश्न
2023/06/08, 5:15
 
dd

सुदूरपश्चिम प्रदेशका युवाहरुले आफ्नाबिभिन्न सवालहरु बारे सामाजिक बिकास मन्त्री झपट साउँदसंग प्रश्न राखेका छन् । प्रदेश युवा परिषद सुदूरपश्चिमको आयोजनामा आयोजित सामाजिक बिकास मन्त्रीसंग युवाहरुको अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरुले मन्त्री साउँदसंग प्रश्न राखेका हुन् ।

युवाहरुले युवाका बिभिन्न सवालमा प्रदेश सरकारको भुमिकाबारे जिज्ञासा राखेका थिए । युवाहरुलाई दिनुपर्ने नेतृत्वदायी भुमिका संगै युपाको क्षमता अभिबृद्धी, रोजगारी लगायतका बिषयमा युवाहरुले प्रश्न राखेका थिए । सुदूरपश्चिमको औाधोगिक बिकास देखी बिदेश पलायन रोक्नका लागी प्रदेश सरकारको भुमिकाका बिषयमापनि युवाहरुलाई मन्त्री साउँदसंग प्रश्न राखेका थिए । सरकारले जनमुखी काम गर्न नसकेको गुनासो सहित मन्त्री साउँदकहाँ उनिहरुले प्रश्न राखेका हुन् ।

कार्यक्रममा उठेका प्रश्न बारे सामाजिक बिकास मन्त्री झपट साउँदले छोटोमा प्रतिउत्तर गरेका थिए । उनले बिगतको सही कामलाई निरन्तरता दिने र गलत कामलाई रोक्ने गरी बर्तमान सरकार काम गरिरहेको बताए । युवाहरुलाई स्वदेशमै रोजगारी श्रृजना गर्न सरकारले शुन्य ब्याजदरमा कृषी कर्जा, प्रमाणपत्रका आधारमा धितो, सिपमुलक तालिम लगायतका कामहरु गरिरहेको साउँदले बताए । युवाका क्षमता अभिबृद्धी संगै नेतृत्व तहसम्म ल्याउनका लागी सरकार संगै आफ्नो दलले महत्वपुर्ण काम गरिरहेको उनले बताए ।

सुदूरपश्चिम सरकार युवामैत्री रहेको बताउँदै मन्त्री साउँदले यहाँ उठेका प्रश्न सम्बोधन हुने गरी आगामी कार्य अगाडी बढ्ने बिश्वास ब्यक्त गरे । प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले युवा परिषद युवाका क्षेत्रमा बिभिन्न काम गर्दै आइरहेको बताए । हामी युवाहरुमैत्री निति बनाउने बिषयमा, युवाका समस्याका बिषयमा गम्भिर छौँ उनले भने “हामीले युवाहरुलाई उद्यमशिल बनाउन प्रेरणा दिने देखी युवाहरुलाई सम्मानका कार्यक्रम गर्दै आएका छौँ, युवाहरुको नेतृत्व बिकासका लागी नमुना युवा सांसद कार्यक्रम पनि आयोजना गर्दै आएका छौँ यति मात्रै नभएर युवाका समस्या सम्बोधन गराउनका लागी मन्त्रीसंग सिधै प्रश्न गर्ने यो कार्यक्रमपनि आयोजना गरेका छौँ ।”
कार्यकारी उपाध्यक्ष कुँवरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्रदेश युवा परिषदका कार्यकारी सदस्य शेर बहादूर बिष्टले गरेका थिए । कायृक्रममा ३ सय बढी युवाहरुको सहभागीता थियो ।