गेटामा विश्वविद्यालय माग्दै अत्तरियाबाट बाजागाजासहित बिरोध र्‍याली, होर्डिङ बोर्ड लगाएर सडकबाटै जनघोषणा
2023/06/08, 9:54
 
dd

कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको छ। आज बिहान ८ देखि साँझ ६ बजेसम्म अत्तरिया बजार बन्द गराएर संघर्ष समितिले अहिले साँझ प्रदर्शन गरेको हो। संघर्ष समितिले सरकारविरुद्ध प्रदर्शन गर्दै अत्तरियाबाट गेटासम्म बाजागाजासहित बिरोध र्‍याली सहित प्रदर्शन गरेका हुन्। अहिले साढे ५ बजे अत्तरिया चोकबाट निस्कीएको बाजागाजासहित बिरोध र्‍याली गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको होर्डिङ बोर्ड लगाईने बताइएको छ।

यस्तै उनीहरुले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको होर्डिङ बोर्ड लगाएर सडकबाटै जनघोषणा कार्यक्रम गरिएको छ ।शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले बिहिबार मुल गेटमा होर्डिङ बोर्ड राखेको हो ।संघर्ष समितिका सचिव धर्मसिंह कुुँवरले अत्तरिया बजारमा आज बिहान बजार खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि साँझ ६ बजेसम्म बजार बन्द गराएको र विश्वविद्यालयको होर्डिङ बोर्ड लगाएर सडकबाटै जनघोषणा कार्यक्रम गरिएको बताए। आज बिहान ८ देखि साँझ ६ बजेसम्म बन्दकर्ताले बजार बन्द गराए पनि सवारी साधन भने आंशिक रुपमा सञ्चालनमा रहेका थिए। संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरेअनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ।

सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको अस्पतालमा मात्रै सीमित पारेपछि स्थानीयले संघर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् । यसैबीच संघर्ष समितिको संयोजक लोकराज पाण्डेले राज्यले सुदूरपश्चिमलाई ठग्दै आएको बताए । कुनैपनि राष्ट्रिय गौरवको योजना यहाँ सञ्चालन हुन नसकेको बताउँदै उनले पछिल्लो समय विश्वविद्यालय बनाउने निर्णय गरेपनि प्रष्ठिान बनाउने भनेर हाल सुदूरपश्चिमवासीलाई गुमराहामा पारेको बताए । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिको भनाइ छ।