सुदूरपश्चिममा आमहड्ताल खुल्यो
2023/06/11, 7:53
 
ss

सुदूरपश्चिम प्रदेशमा आमहड्ताल खुलेको छ। कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै गरिएको आमहड्ताल खुलेको हो। सुदूरपश्चिम प्रदेशमा आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म आमहड्ताल गरिएको थियो। प्रहरीका अनुसार प्रदेशमा आमहड्ताल शान्तिपूर्ण भएको छ। 

बन्दका क्रममा सुदूरपश्चिमभर बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरू, उद्योग तथा कल कारखानाहरू बन्द गरिएको थियो। आइतवार प्रदेशमा व्यापार व्यवसाय बन्द रहे। गत माघ २९ गते संघीय सरकारले गेटालाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। नीति तथा कार्यक्रममा पनि सोही कुरा समेटिएको थियो। तर, बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि यस क्षेत्रका नागरिक आन्दोलनमा छन्। उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका हुन्। 

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो०ले आमहड्ताल सफल भएको बताए। प्रदेशका नौ वटै जिल्लामा हड्ताल सफल भएको दाबी उनको छ।  सोमवार सुदूरपश्चिम प्रदेश सभा घेराउको कार्यक्रम रहेको पाण्डेले बताएका छन्।