विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेश सभामा एक युवकको मौन अनशनमा
2023/06/12, 2:15
 
dd

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको माग गर्दै एक युवक मौन अनशन बसेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का पवर्तराज जोशी सुदूरपश्चिम प्रदेश सभाको प्रवेशद्धवारमा अनशनमा बसेका हुन्। उनी मौन अनशनमा रहेका छन्।

गेटामा ६ सय श्ययाको अस्पताल सञ्चालनको माग गर्दै धनगढीको गर्मीमा पनि उनी प्रदेशसभाको प्रवेशद्धवारमा छन्। सोमवार बिहानदेखि उनी अनशनमा बसेका हुन्। गेटामा विश्व विद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आन्दोलन जारी छ।

आइतवार प्रदेशमा आमहड्ताल गरिएकोमा आज २ बजेबाट प्रदेश सभा अगाडि प्रदशर्न गरिदैछ। प्रदेश सभाका सदस्यहरुलाई सभामा प्रवेश गर्न निषेध गरिने बताइएको छ।