गेटामा विश्वविद्यालय सञ्चालन गर्न एक अर्ब १५ करोड बजेटः अर्थ मन्त्री महत
2023/06/12, 5:51
 
ss

अर्थ मन्त्री डा।प्रकाशशरण महतले कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गरिने बताएका छन्। संघीय संसदमा बजेटमा उठेका प्रश्नको जवाफ दिदै सोमवार अर्थमन्त्री महतले कैलालीको गेटामा सहिद दशनथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका लागि एक अर्ब १५ करोड बजेट विनियोजन गरिएको बताए। 

उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गेटामा अस्पताल सञ्चालनका लागि बजेट माग भएकाले दुविधा देखिएको बताए।  दबै मन्त्रालयमा बजेट गएको उनले प्रतिनिधि सभालाई जानकारी गराएका छन्। आगामी आर्थिक वर्ष २०८०/०८१ बा गेगामा स्वास्थ्य विश्व विद्यालय पूर्ण रुपमा सञ्चालनमा आउने दाबी गरेका छन्।

विश्व विद्यालय सञ्चालनका लागि ऐन निर्माणको चरणमा रहेको उनले बताए। गेटामा ६ सय श्ययाको अस्पतालसहित विश्वविद्यालय सञ्चालनमा आउने दाबी उनको छ।