गेटामा विश्वविद्यालय बनाउन दबाब दिँदै सुदूरपश्चिम प्रदेशसभा घेराउ
2023/06/12, 5:54
 
dd

कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिँदै सुदूरपश्चिम प्रदेशसभा घेराउ गरिएको छ । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश सभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरेको हो ।

त्यसअघिबाटै प्रदेशसभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरिएको हो । २०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरू गरिएको हो । हिजो प्रदेश बन्द गरिएको थियो भने आज नाराबाजी र प्रदेशसभा घेराउ गरिएको हो ।