गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको घोषणा
2023/06/12, 5:57
 
dd

सरकारले गेटामा सञ्चालनको क्रममा रहेको मेडिकल कलेजलाई गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय बनाउने घोषणा गरेको छ।
चौतर्फी बिरोध र दवावपछि सरकारले गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय बनाउने घोषणा गरेको हो ।

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले सरकारका तर्फबाट गेटा स्वास्थ्य बिज्ञान विश्व विद्यालय बनाउने प्रतिबद्धता गरेका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नेतृत्वमा बालुवाटार पुगेका समाजवादीका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गेटामा सञ्चालनको क्रममा रहेको मेडिकल कलेजलाई मेडिकल विश्व विद्यालयका रुपमा सञ्चालन गर्न गरेको आग्रह स्वीकार गर्दै प्रधानमन्त्री दाहालले आजै प्रतिनिधि सभाको बैठकमा उक्त कुराको सम्बोधन गर्ने प्रतिबद्धता गरेका थिए ।

सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने बिभिन्न पार्टीका सांसदहरु र सुदूर पश्चिमको नागरिक समाजले समेत विश्व विद्यालय स्थापनाका लागि सरकारलाई दवाव दिएको थियो ।