सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
2023/06/13, 4:27
 
dd

सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

‘हुन्छ भन्ने माननिय सदस्यहरुभन्दा हुन्न भन्ने माननिय सदस्यको संख्या न्यून देखिएकोले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु’ सभामुख भण्डारीले भने । यसअघि सभामा भाग लिदै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मानसखण्ड र खप्तड सम्मेलनले सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रको पहिचान गर्न सहज भएको बताए । सिकलसेलको निःशूल्क परिक्षण तथा उपचार हुनुपर्छ भनेर सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । उनले केही स्थानमा उपकरण विग्रदा परिक्षणमा समस्यामा भएको बताए ।

उनले उर्जा क्षेत्रलाई विशेष महत्व दिएर काठमाडौंमा रहेका विज्ञहरुसंग छलफल चलाएको बताए । उनले उर्जा क्षेत्रलाई अगाडि बढाउन चाहेको बताए । उनले भने –‘नीजि क्षेत्र, संघिय तथा स्थानीय तहसंग समन्वय गरेर उर्जा क्षेत्रलाई विशेष प्राथमिकता राखेर अघि बढ्छौं ।’ प्रतिपक्ष दल बलियो हुनुपर्छ भन्ने सत्तापक्षको मान्यता रहेको मुख्यमन्त्री शाहले बताए । उनले भने –‘टिकाटिप्पणी हुनुपर्छ । सुझाव आउनुपर्छ । हामी प्रतिपक्षीको भुमिका खोज्छौंंं । टिप्पणी नाकारात्मकमात्र होइन । सरकारका सकारात्मक कुरा पनि प्रतिपक्षले उजागर गर्नुपर्छ ।’