सुदूरपश्चिम प्रदेश सभा अगाडि शंख र सिट्टी बजाएर प्रदर्शन गरिने
2023/06/16, 1:35
 
सुदूरपश्चिम प्रदेश सभा अगाडि शंख र सिट्टी बजाएर प्रदर्शन गरिने

धनगढी - शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज दिउँसो प्रदेश सभा अगाडि शंख र सिट्टी बजाएर प्रदर्शन गर्ने भएको छ। गेटामा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै निरन्तर प्रदर्शनमा रहेको संघर्ष समितिले हिजो बिहिबार सुदूरपश्चिम प्रदेश सभा अगाडि थाल ठटाएर प्रदर्शन गरेको थियो।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले विश्वविद्यालय सञ्चालनको माग गर्दै आज शुक्रबार दिउँसो ३ बजे प्रदेश सभा प्रवेशद्वारमा शंख र सिट्टी बजार प्रदर्शन गरिने जानकारी दिए। कैलालीको गेटामा शहिद दशरथचन्द रास्ट्रिय स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापनार्थ चरण वद्द अन्दोलन स्वरुप अनुसार सिट्टी र संख फुकेर सरकारका कान ,आँखा खोल्नका लागि बिरोध गर्ने बताए ।

उनले पटक पटक सरकार वाट धोका पाएका सुदुरपश्चिमका जनताको माग, मेडिकल विश्व बिद्यालयको बिधेयक यहि चलुरहेको ससंदवाट अनुमोदित हुनुपर्ने भएकाले दवावका लागी उपस्थीत हुन आग्रह गरेका छन्। शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भएपनी बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि १५ दिनदेखी आन्दोलन भईरहेको छ । आफ्नो माग सम्बोधन नभएसम्म विभिन्न समुह संस्था संग छलफल देखि सडक संर्घषंका कार्यक्रम समितिले गरिरहेको छ।