
कैलाली - कैलालीमा जिपको ठक्करबाट गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका –४ खैरेनामा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ८९२५ नम्बरको मोटरसाईकललाई प्रदेश ३ को ०१–०२४ च ५१४८ नम्बरको जिपले गत बिहीबार ठक्कर दिएको थियो।

जिपको ठक्करबाट मोटरसाईकल चालक डोटी शिखर नगरपालिका-९ का ३५ वर्षका राजेन्द्र सिंह खड्काको छाती र मुखमा गम्भिर चोट लागेको थियो। उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएका खड्काको उपचारकै क्रममा गयराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। जिप चालक कैलाली गोदावरी नगरपालिकाका ४२ वर्षका झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01