कैलालीमा किसान र सशस्त्रबिच झडप
2023/06/20, 12:54
 
aa

कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबिच सोमवार झडप भएको छ। भारतीय सीमावर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको हो। बर्खे धान खेतीका लागि रासायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका–५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको भजनी–३ का वडाध्यक्ष विक्रम चौधरीले बताए।

नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमावर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा विवाद बढेको वडाध्यक्ष चौधरीले बताए। स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याएका थिए। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लुकीछुपी अवैध रुपमा ल्याएको मल नियन्त्रणमा लिएको बताए। बर्खे धान रोप्ने बेला भइसक्दासमेत नेपालमा मल नपाएकाले भारतीय सीमावर्ती बजारबाट रासायनिक मल ल्याउनु परेको किसानले बताएका छन्।