
कैलालीको अत्तरियामा गाडी तोडफोड गरिएको छ। अत्तरियाको चौकीडाँडामा सरकारी नम्बरको गाडी तोडफोड गरिएको हो। प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको छ।

रातो नम्बरको कार आज विहान तोडफोड गरिएको हो। कारको पछाडीको सिसा तोडफोड गरिएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार चौकीडाँडामा सरकारी गाडी तोडफोड भएको भन्ने खबर प्राप्त भएको जनाएको छ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाकेको गाडी तोडफोड गरेको बुझिएको छ। गाडी तोडफोड भएको सूचना आएपछि घटनास्थलमा पुगेर बुझ्ने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11