कैलालीका एक युवाले निर्माण गरे इलेक्ट्रोनिक मोटरसाइकल
2023/06/20, 10:00
 
dd

कैलालीका एक युवकले मोटरसाइकल निर्माण गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका पारश साउँदले एक लाखको लागतमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका हुन। उनले आफ्नो व्यक्तिगत लगानीमा घरमै इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका छन्। 

गेटामाको सरस्वती नमुना माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत साउँदले घरमै कवाडबाट ल्याएका फलामका सामान प्रयोग गरेर मोटरसाइकलको च्यासिस निर्माण गरेको बताए। उनले अन्य इलेक्ट्रोनिक सामाग्री र व्याट्रि खरिद गर्दा कुल एक लाख खर्च भएको बताएका छन्।

आगामी दिनमा अध्ययनसँगै मोटरसाइकल बनाउने काम पनि गर्ने साउँदे बताए। उनले निर्माण गरेको मोटरसाइकल प्रतिघण्टा ६० किलोमिटर कुद्ने बताइएको छ। एक पटक चार्ज गरेपछि मोटरसाइकल ८० किलोमिटर चल्ने छ। उक्त मोटरसाइकलको मंगलवार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए। उनले  साउँदलाई ५० हजार सहयोग गर्ने घोषणा समेत गरे।