मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखियो
2023/06/21, 11:55
 
dd

मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका बुधबार बिहान धनगढी रंगशालामा राखिएको छ। प्रदेश सरकारले श्रद्धाञ्जलीका लागि सिंहको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिएको जनाएको हो।द्धाञ्जलीका लागि मुख्यमन्त्री मन्त्री तथा प्रदेश सभासदस्यहरु धनगढी रंगशालामा पुगेर श्रद्धाञ्जली दिएका छन् । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।दुर्घटनालगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव मंगलबार राति धनगढी ल्याइएको हो। प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ। मन्त्री सिंहसँगै दुर्घटनामा परेका पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । उनीहरुको शव मंगलबार साँझ सदरमुकाम चैनपुर पुर्‍याएर जिल्ला अस्पतालमा राखिएको छ । मन्त्री सिंहसहित उनको परिवार चैनपुरस्थित घरको प्रतिष्ठा पूजा र ढडार मष्टाको पूजा गर्न धनगढीबाट हिँडेका थिए । दिवंगत सिंह दम्पतीका दुई छोराबुहारी र दुई नातिनातिना छन्।