मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई अन्त्यष्टीका लागी बझाङ लगिएको छ । बुधबार बिहान धनगढीको रंगशालामा श्रद्धाञ्जलीका लागी राखेर नेपाली सेनाको हेलिकप्टर मार्फत न्त्यष्टीका लागि मन्त्री सिंहको गृह जिल्ला बझाङ लगीएको छ ।
मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृह जिल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । दुर्घटना लगत्तै उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज पु¥याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32