
धनगढी - आगामी तीन दिन देशका नदीनालामा पानीको बहाव बढ्ने सक्ने भन्दै सतर्क रहन मौसम पूर्वानुमान छ। तीन दिन कैलाली कन्चनपुर सहित देशका १० जिल्लाका नदीनालामा बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी भई बहने केही साना तथा मझौला नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो। ती जिल्ला भई बहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, अबका तीन दिन देशका अधिकांश प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11