
धनगढी - कैलालीमा लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ गोदावरीबाट धनगढी बस्ने २० वर्षीय आशिष भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भण्डारीले चलाएको सुपप्र ०१००९ प ४९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडी सवार २३ वर्षीय राजेन्द्र बोहराको साथबाट २६० मिलीग्राम लागुऔषध खैरोहिरोईन बरामद गरिएको छ। दुबै जनालाई अस्थाई प्रहरी पोष्ट गोदावरीले नियन्त्रणमा लिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेलबाट गोदावरी नगरपालिका २ बस्ने १९ वर्षीय योगेन्द्र बहादुर देउवालाई पक्राउ गरिएको छ। उनको साथबाट २ ग्राम ७६०मिलि ग्राम खैरोहिरोईन बरामद गरिएको छ। निजलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01