गोदावरी नगरपालिकाद्धारा १ अर्ब २२ करोडको बजेट सार्बजनिक
2023/06/23, 4:35
 
गोदावरी नगरपालिकाद्धारा १ अर्ब २२ करोडको बजेट सार्बजनिक

अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थीक बर्षको बजेट सार्बजनिक गरेको छ। शुक्रबार दशौं नगरसभाको खुला सत्रमा गोदावरी नगरपालिकाले आगामी आर्थीक बर्ष २०८०/०८१ का लागि नीति कार्यक्रम संगै १ अर्ब २२ करोड ९४ लाख ७० हजारको बजेट पेश गरेको हो ।

चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पूजीगत तर्फ ४६ करोड ६६ लाख ८ हजार हुने जनाइएको छ । आम्दानीको श्रोतमा नेपाल सरकारबाट प्राप्त हुने संघीय वित्तिय समानीकरण १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार प्राप्त हुने जनाईको छ ।यस्तै

संघीय सशर्त अनुदान बाट ३७ करोड ५२ लाख, संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तिय समानीकरणबाट १ करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, संचित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने जनाईको छ । नगरपालिकाले आज बिहान साढे ११ बजे अत्तरियाको नमस्ते पार्टी प्यालेसमा नगर सभा गरेको हो।

गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।  नेकपा एमालेका जनप्रतिनिधिका विरोधका बीच नगरसभा सुरु भएको थियो। गोदावरी नगरपालिकाको नगर सभा एमाले समर्थित जन प्रतिनिधिले बहिस्कार गरेका थिए। नगरसभा शुरु हुने बित्तिकै उनुहरुले रोष्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका हुन। बजेट निर्माण को क्रममा आफुहरुलाई उपेक्षा गरेको गुनासो गरेका थिए। केही कुरामा सर सल्लाह नगरि डल्लो बजेट राखेको र हामी निर्बाचित वडाहरुमा बजेट नै नदिएर एकलौटी गर्न खाजेको गोदावरी ७ कि वडा अध्यक्ष कलाबती देबी साउँदले बताइन्। त्यसपछि नगरप्रमुख संगै मन्चमा बसेकी एमालेबाट निर्बाचित उपप्रमुख शारदा देबी रोकायाले पनि मन्च छोडेकी थिइन्। नगर उपप्रमुख शारदा देबी रोकायाले पनि प्रतिपक्षको मागलाई सम्बोधन गर्नुपर्ने बताएकी थिइन् ।