कैलालीमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना: १८ जना घाईते
2023/06/24, 5:07
 
कैलालीमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना: १८ जना घाईते

धनगढी - कैलालीमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० घुम्तिभाकलमा बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ गइरहेको म १ ख ९०९ नम्बरको बस र बिपरीत दिशा तर्फ अर्थात पुर्वबाट पश्चिम तर्फ आइरहेको सुप ०१००१ ख२७५९ नम्बरको मदिराको लोड गरिएको ट्रक एक आपसमा ठोक्किएका हुन्। बस र ट्रकका चालक, सहचालक तथा यात्रु गरी १८ जना घाईते भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रक चालक गम्भीर घाईते भएकाले उनलाई नेपालगञ्ज रेफर गरिएको बताइएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले आपसमा ठोक्किदा बस र ट्रकमा सवार मानिसहरु घाईते भई उपचारको लागि घोडाघोडी अस्पताल सुखडमा पठाईएको बताए। ट्रक रोडमा पल्टिन गएकोले बाटो अबरोध भई खुलाउने पहल भईरहेको छ। बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनाका बारेमा ईलाका प्रहरी कार्यालयको १० जनाको प्रहरी टोली घटना स्थलमा खटिएको छ ।  दुर्घटनाको कारण बारेमा विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।