कैलालीका १३ पालिकाको यस्तो छ आगामी आर्थिक वर्षको बजेट !
2023/06/26, 1:52
 
कैलालीका १३ पालिकाको यस्तो छ आगामी आर्थिक वर्षको बजेट !

धनगढी - कैलालीका १३ वटा स्थानीय तहहरुका पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यताअनुसार कैलालीका १२ वटा स्थानीय तहहरुले आइतबार नगर तथा गाउँ सभा आयोजना गरि नीति, कार्यक्रम तथा बजेट पेस गरेका हुन्। स्थानीय तहहरुमध्ये अधिकांशले चालू तथा पुँजिगत बजेट नछुट्याइ कूल अनुमानित बजेट सभामा पेस गरेका छन्।

कुल अनुमानित बजेट मात्र सभामा पेस गर्ने स्थानीय तहमा गौरिगंगा, टीकापुर, घोडाघोडी नगरपालिका तथा बर्दगोरिया, कैलारी र जोशीपुर गाउँपालिका रहेका छन्। जिल्लाको दुर्गम गाउँपालिका मोहन्यालले आइतबार दिउँसो नीति तथा कार्यक्रम सभामा पेस गरेको छ भने आइतबार साँझ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ।  सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० लागि अनुमानित एक अर्ब ९३ करोड बढी बजेट प्रस्तुत गरेको छ।
धनगढी उपमहानगरपालिका
कूल बजेटः एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८
चालू तर्फः एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३
पुँजिगततर्फः ७८ करोड ६५ लाख २७ हजार एक सय ५५
गोदावरी नगरपालिका
कूल बजेटः १ अर्ब २२ करोड ९४ लाख ७० हजार
चालूतर्फः ७६ करोड २८ लाख ६२ हजार
पुँजिगत तर्फः ४६ करोड ६६ लाख ८ हजार
गौरिगंगा नगरपालिका
कूल बजेटः ८९ करोड ७१ लाख ७३ हजार
घोडाघोडी नगरपालिका
कूल बजेटः ९७ करोड ४३ लाख ९८ हजार
लम्की चुहा नगरपालिका
कूल बजेटः ९४ करोड ४२ लाख
चालूतर्फः ६२ करोड ८८ लाख ५० हजार
पुँजिगततर्फः ३१ करोड ५३ लाख ५० हजार
भजनी नगरपालिका
कूल बजेटः ६४ करोड ८७ लाख पाँच हजार
चालूतर्फः ४२ करोड ७६ लाख
पुँजिगततर्फः २२ करोड ११ लाख पाँच हजार
टीकापुर नगरपालिका
कुल बजेटः १ करोड २३ लाख
जानकी गाउँपालिका
कूल बजेटः ६१ लाख पाँच लाख ७१ हजार
चालूतर्फः ४२ करोड ५४ लाख ६० हजार सात सय ५४
पुँजिगततर्फः १८ करोड ५१ लाख १० हजार दुई सय ४६
बर्दगोरिया गाउँपालिका
कूल बजेटः ७९ करोड ८६ लाख १३ हजार १ सय २४
कैलारी गाउँपालिका
कुल बजेटः ६३ करोड ४८ लाख ६९ हजार
चुरे गाउँपालिका
कूल बजेटः ४९ करोड ८७ लाख आठ हजार
चालूतर्फः २९ करोड ९२ लाख ६८ हजार
पुँजिगततर्फः १९ करोड ९४ लाख ४० हजार
मोहन्याल गाउँपालिका
कूल बजेटः ४४ करोड ८९ लाख १२ हजार रकमको बजेट
जोशीपुर गाउँपालिका
कुल बजेटः ४४ करोड ३५ लाख ८४ हजार चार सय