कैलालीमा ट्रक र कार एक आपसमा ठोक्किए, २ जना घाईते
2023/06/26, 1:53
 
कैलालीमा ट्रक र कार एक आपसमा ठोक्किए, २ जना घाईते

कैलाली - कैलालीमा ट्रक र कार एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । कैलालीको गोदावरी नगरपालिका- ४ बुढीतोलामा आज सोमवार बिहान नेपाली नम्बर प्लेट ना६ख ६३९३ नम्बरको ट्रक र भारतीय युके १८जे ९४५६ नम्बर प्लेटको कार एक आपसमा ठोक्किएका हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा कार चालक र कारमा सवार एकजना गरि भारतीय नागरिक घाइते भएका छन्। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अवरोध भएका भीमदत्त राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।