कैलालीको मोहन्याल गाँउ सभामा ढुङ्गा मुडा, वडा अध्यक्ष र सदस्य घाइते
2023/06/26, 1:54
 
कैलालीको मोहन्याल गाँउ सभामा ढुङ्गा मुडा, वडा अध्यक्ष र सदस्य घाइते

कैलाली - कैलालीको मोहन्याल गाँउ सभामा ढुङ्गा मुडा भएको छ। आइतबार मोहन्याल गाउँपालिकाको गाँउ सभामा स्थानियहरुले ढुङ्गा मुडा प्रहार गरेका हुन्। मोहन्याल गाउँपालिकाको कार्यालय भकुण्डेटार सार्ने बिषयमा गाउँ सभामा निर्णय हुन खोज्दा स्थानीयले विरोध गर्दै ढुङ्गा मुडा प्रहार गरेको बताइएको छ।

मोहन्याल गाउँपालिका वडा नम्बर ४ का स्थानियले सभा मै प्रवेश गरी ढुङ्गा मुडा प्रहार गर्दा वडा नम्बर सातका वडा अध्यक्ष र एक वडा सदस्य सामान्य घाइते भएको प्रहारीले जनाएको छ। यस्तै स्थानियको ढुङ्गा प्रहारबाट पालिकाको नव निर्मित भवनको सिसाहरु फुटेका छन। स्थानियको अबरोध पछी नगर सभा छाडेर पालिका अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारी रातारात खिमडी छोडेर भागेका छन।

सो बिषयमा बुझ्दा मोहन्याल गाउँपालिका अध्यक्षसंग फोन सम्पर्क हुन सकेन। यस्तै गाउँपालिका उपाध्यक्ष कमल बहादुर साउँदले आफु घाईते भएको भन्दै बोल्न नसक्ने अवस्थामा रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीको फोन स्वीच अफ गरिएको छ।