मन्त्री साउदको पहलमा बयालपाटा अस्पतालको ९ सदस्यीय अध्ययन कार्यदल गठन
2023/06/27, 9:54

धनगढी - अछामको बयालपाटामा रहेको बयालपाटा अस्पतालको समस्या समाधान गर्न भनेर अध्ययन कार्यदल गठन भएको छ । सामाजिक विकास मन्त्री झपट साउदको पहलमा अध्ययन कार्यदल गठन भएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीको संयोजकत्वमा ९ सदस्यीय अध्ययन कार्यदल गठन भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ ।

अध्ययन कार्यदल गठनसँगै अस्पतालको दीर्घकालीन समस्या समाधानका लागि यथाशक्य कार्य प्रारम्भ गर्न साउदले निर्देशन दिएका छन् ।
न्याय हेल्थ नेपाल र नेपाल सरकारको साझेदारीमा डेढ दशक देखि देखि अछाम जिल्लामा निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बयालपाटा अस्पताल केही समय यता आर्थिक समस्या झेल्दै आएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44