धनगढीका बिभिन्न स्थानबाट अबैध सामानसहित पाँच जना पक्राउ
2023/06/28, 2:25
 
धनगढीका बिभिन्न स्थानबाट अबैध सामानसहित पाँच जना पक्राउ

धनगढी -धनगढीबाट अबैध सामानसहित पाँच जना पक्राउ परेका छन्। कैलालीको धनगढीबाट अबैध (भन्सार छली) का सामानसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

मंगलबार राति कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–४ का ३५ वर्षीय अभिषेक अवस्थी लागुऔषधसहित पक्राउ परेका हुन्। उनलाई प्रहरीले १२ ट्याबलेट स्पास (लागुऔषधसहित) पक्राउ गरेको हो ।

यस्तै सोही राति धनगढी उपमहानगरपालिका–१० शिव मन्दिरबाट भन्सार छलीका करिब ५४ हजार मुल्य बराबरका हार्डवेयरका सामान प्रहरीले बरामद गरेको हो। साथै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ३० वर्षीय हेमराज अवस्थी सहित चार जना र दुईवटा मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सार छलीका सामान र मोटरसाइकलसहित पाँचै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाएको प्रहरीले जनाएको छ ।