
कैलालीमा बर्षासँगै वाढी गाउँ पस्ने क्रम सुरु भएको छ । बर्षासंगै आएको बाढी गाउँ पस्दा दर्जन घर डुवानमा परेका छन् । जोशीपुर गाउँपालिकामा २० र घोडाघोडी नगरपालिकामा एक गरी २१ घर डुवानमा परेको प्रहरीले जनाएको छ ।

जोशीपुर गाउँपालिका वडा नम्वर १ राजीपुर र वडा नम्वर ३ को एक टोलमा काडा नदीमा आएको बाढी गाउँमा पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । उनका अनुसार दुवै वडामा २० घर वुडानमा परेका छन् भने दुई फिटभन्दा बढी पानी जमेको छ ।
वडा नम्वर ३ का हिरालाल चौधरीको घर भत्किएको विष्टले जानकारी दिए । यस्तै घोडाघोडी नगरपालिका वडा नम्वर २ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुवानमा परेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09