बैतडीमा अवैध मेडिकल चलाउने स्वास्थ्य शाखा प्रमुखकी श्रीमती पक्राउ
2023/07/01, 3:03
 
बैतडीमा अवैध मेडिकल चलाउने स्वास्थ्य शाखा प्रमुखकी श्रीमती पक्राउ

बैतडी - बैतडीमा अवैध मेडिकल चलाउने स्वास्थ्य शाखा प्रमुखकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ। बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी पुतारी श्रीमती श्यामा शाहलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रशासन बैतडीले गत जेठ दोश्रो साता अवैध ठहर गर्दै शिल गरिएको श्यामा क्लिनिक पुनः बिना जानकारी सञ्चालन गरेको पाइएपछि उनलाई शुक्रबार पक्राउ गरेको जनाएको हो। अवैध रुपमा क्लिनिक सञ्चालन गरी सामान्य स्वास्थ्य शिक्षा समेत हाँसिल नगरेकी (ननमेडिकल पर्सन) श्यामा शाहले बिरामी जाँच्नेदेखि औषधी बिक्रि वितरण गर्ने गरेको पाइएपछि मेडिकल शिल गरिएको थियो।

श्यामालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए। यस्तै स्थानीयहरुले प्रशासनलाई नटेर्ने र स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमाथि गम्भिर खेलवाड गर्ने स्वास्थ्य साखा प्रमुख दम्पतीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन्।