धनगढीमा जग्गा नहुँदा सार्वजनिक शौचालयको अभाव
2023/07/05, 5:12
 
धनगढीमा जग्गा नहुँदा सार्वजनिक शौचालयको अभाव

धनगढी - धनगढीमा जग्गा नहुँदा सार्वजनिक शौचालयको अभाव भएको छ। सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालीका धनगढीमा जग्गा नहुँदा सार्वजनिक शौचालयको अभाव भएको हो।

अहिले धनगढीमा जम्मा ६ वटा शौचालय रहेपनी त्यो पनी प्रर्याप्त नभएकाले उपमहानगरबासी तथा बाह्य नागरिक शौच गर्न नै समस्या भैरहेको छ। भएका सार्वजनिक शौचालय पनी सडक बिस्तारका क्रममा भत्किएका छन् भने, आवश्यक हुने धुने सामाग्री नरहेको पाइएको छ। धनगढीमा देशका सतहत्तरै जिल्लाका साथै भारत तथा बाह्य मुलुकबाट समेत नागरिकहरु यहाँ आइपुग्ने आगन्तुकले शौचकै लागि होटलमा खाजा, खानाको नाममा शौच गर्नुपर्ने बाध्यता छ।

धनगढीका चोक तथा सार्वजनिक स्थान बढी भिडभाड क्षेत्रमा सार्वजनिक शौचालय स्थापना भएका छैनन् । धनगढीको सडक भएर आवतजावत गर्दा शौच लाग्दा बिच बाटोमा कहाँ जाने के गर्ने समस्या आइलाग्ने धनगढीका पुस्कर नेपालीले बताए । उनले कामका बेला धनगढीका सडकमा आवतजावतका क्रममा शौच गर्न समस्या हुने गरेको बताए । उनले भने, कहिले दिसापिसाब पचाएर घरमै पुग्नुपर्छ, नत्र साथीको घरमा या नत्र भने होटलको शौचालय खोज्नुपर्छ, उनले भने सार्वजनिक शौचालय नहुँदा धेरै समस्या भोग्नुपरेको छ ।

धनगढीको बसपार्कमा ३ वटा, जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धवार र उप–महानगरपालिकाको कार्यालय परिसरमा एक/एक र बसन्त टोलमा एक सामुदायिक शौचालय सञ्चालनमा छन्। ति पनी नगरवासी तथा बाह्य नागरिकलाई टाढा टाढाको दुरीमा रहेकाले त्यहाँ पुग्न निकै समय लाग्ने गरेको छ । उप–महानगरपालिकाले धनगढीको चौराह क्षेत्र, बसपार्क (साल्ट ट्रेडिङ) क्षेत्र, नेश्नल ट्रेड्रिङ भएको क्षेत्र, पशु कार्यालय भएको क्षेत्र, खाद्य क्षेत्र, क्याम्पस चोक र फुलबारी क्षेत्रमा सार्वजनिक शौचालय आवश्यक छ। यता धनगढी उमहानगरपालीकाका मेयर गोपाल हमालले सार्वजनिक शौचालय निर्माणका लागी पहल चालिएपनी पहल गरिएपनी जग्गा र ठाउँ अभाब रहेको बताए। आफु यस बिषयमा पनी चिन्तीत भएको भन्दै समस्या समाधानका सरकारी कार्यालयहरुलाई पत्र नै काटेर शौचालय बनाउन पहल थालिएको उनको भनाई छ।