भारतले  धौलीगङ्गा बाँधको ढोका खोल्दा महाकाली नदीले घर बगायो, कटान तिव्र
2023/07/11, 3:24
 
ss

बिहान ५ बजे भारतले  धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेका छन्  । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह बढेपछि पारि ९भारततीर० धार्चुलामा केही क्षती भएको छ । एक दुई ओटा घर भत्किएको बताइएको छ । तर नेपाल तर्फ भने कुनै क्षती नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी प्रदिप सिंह धामीले बताए ।

बाँधको ढोका खोलेपछि गतविगतको तुलानामा महाकाली नदीमा पानीको सतह बढी आएको उनले बताए । बाँधका ढोका भरेराति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले समेत महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकाली नदीमा बाढीको सम्भावना भएकाले नदी छेउछाउमा नजान तटीय क्षेत्रका नागरिकलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । राति ८ बजेसम्म बाँधको ढोका खुला रहने र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र बाढीले सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनहरुले आग्रह गरेका हुन् । । भारतले सिल्ट सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्ने यसअघि नै जानकारी गराएको थियो ।