
बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा छानो पछाडीको रुख ढडलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मध्येराति अन्दाजी १ बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन्।

उनले दिएको जानकारी अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडीको रुख ढलेर ल्वार र एक भैसी र पाडोसमेत मरेको बताए। स्थानीयले ढलेको रुखले च्यापिएर ल्वार र भैसी मरेको इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेपछि प्रहरीको टोली कोल्टीबाट घटनास्थलमा गएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/10, 11:24
2022/07/20, 12:57