मुख्यमन्त्री शाहले सांसदसँगै झुट बोलेः खड्का
2023/07/13, 1:09
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयलपाटा अस्पतालका लागि १० करोड बजेट हालेको भन्दै आफ्नै सांसदसँग झुट बोलेको खुलेको छ । मुख्यमन्त्री शाहले बयलपाटा अस्पतालका लागि बजेट हालिएको भन्दै कांग्रेसका प्रदेश महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्कासँग झुट बोलेको खुलेको हो ।

बिहीबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा खड्काले शाह झुट बोलेको खुलासा गरेका हुन् । ‘बजेट भाषण सकिएपछि प्रदेशसभा बाहिर मुख्यमत्रीलाई मैले बयलपाटा अस्पतालका लागि बजेट परेन रु भनेर सोधे । उहाँले १० करोड विनियोजन गरिएको छ भन्नुभयो,’ खड्काले भने, ‘रातो किताब आउँदा थाहा भयो बजेट छैन ।’

उनले प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपकरण खरिदका लागि ५० लाख बजेट छुट्याइएको बताए । प्रदेश सरकारले बयलपाटा अस्पतालका लागि पहिलो वर्ष ७ करोड, दोस्रो वर्ष ८ करोड र तेस्रो वर्ष ९ करोड बजेट विनियोजन गरेको स्मरण गर्दै अहिलेको सरकारले वेवास्ता गरेको गुनासो गरे ।  आर्थिक मामिला मत्री नरेशकुमार शाहीको गृह जिल्ला बाजुराबाट समेत बयलपाटा अस्पतालमा दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गरेको बताउदै शाहीले नै वेवास्ता गरेको बताए ।