कञ्चनपुरमा बाढीले चुँडालेको झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै
2023/07/14, 1:15
 
dd

कञ्चनपुरमा बाढीले चुँडालेको झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिन थालिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको हो।

गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो। अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ। जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ। पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। पुलको सामान चोरी हुनसक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ ।

वडाध्यक्ष रानाले पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले व्यहोर्ने आश्वासन दिएको बताए । दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको उक्त पुल एक वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा खसेको थियो। पुल ढलेपछि स्थानीयले नदी तर्न सास्ती खेप्दै आएका छन्। विद्यार्थी र बिरामीलाई यसबाट बढी समस्या भएको छ । स्थानीय लक्ष्मण रानाले नदीमा ढलेको पुल हटाउनका लागी एक वर्ष भयो । तर नयाँ पुल निर्माणको माग गरेपनि सुनुवाइ नभएको उनले बताए