कञ्चनपुरको एक विद्यालयमा माटो उत्खनन गरी विक्रि, प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
2023/07/14, 1:22
 
ss

कञ्चनपुरको एक विद्यालयमा  गैर कानुनि रुपमा माटो उत्खनन गरि बिक्रि गरिएको पाइएको छ । जिल्लाको लालझाडी गाउँपालिका वडा नं ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा माटो उत्खनन गरि बिक्रि गरिएको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  गैरकानूनी रुपमा उत्खनन गरेर माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।  विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा र आव। २०७७/०७८ मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची(६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची९६ ले तोके बमोजिमको करबापतको माटोको जम्मा रकम रु ७,२९,५१४.५० ९सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा बराबरको सरकारी रकम हिनामिनारहानि नोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेका देहायबमोजिमका प्रतिवादीहरू उपर देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छु,ु अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले राना र बोहरासँग सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा, भाटसँग ४ लाख ११ हजार ६०६ र विष्टसँग ३ लाख १७ हजार ९०८ रुपैयाँ ५० पैसा मागबादी गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।