खेमादेवी विष्टलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने सहमति
2023/07/16, 1:11
 
ss

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० र स्वतन्त्र प्रदेश सभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेश सभा बैठक बहिस्कार गरेपछि राप्रपाकी खेमादेवी विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने गरेर बैठकमा उपस्थित गराइएको छ । प्रतिपक्ष विना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि राप्रपा कि विष्टलाई अनुरोध गरेर नै प्रदेश सभा बैठकमा बोलाइएको हो ।

स्रोतका अनुसार मुख्यमन्त्रीले प्रदेश सभा सदस्य विष्ट र राप्रपाका छत्र शाहीलाई भेटेर समितिको सभापति बनाउने बचन दिएका छन् । समितिको सभापतिका विषयमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिंगदेन र प्रदेश अध्यक्षलाई पनि सहमत गराइएको बताइन्छ । 

सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिने चलन छ । एमालेले प्रदेश सभा बहिस्कार गरेकोले राप्रपालाई सभापति बनाउने नीति सरकारले अख्तियार गरेको स्रोत दावी छ । शनिबार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागी व्यवस्था गर्न सभामा प्रस्तुत गरेको बजेट पारित भएको छ ।