पश्चिम तराईमा पूर्व–पश्चिम राजमार्ग १६ महिनादेखि मर्मत भएन
2023/07/16, 1:23
 
ss

पूर्व–पश्चिम राजमार्गको कैलाली खण्ड मर्मतका लागि कालिका जोशी जेभीसँग तीन वर्षको सम्झौता गरिएको थियो। कैलाली खण्डको ७९ किलोमिटर मर्मतका लागि १५ करोड ९० लाख ९१ हजारमा गरिएको सम्झौता २०७८ फागुन ६ गते सकियो।

चिसापानीदेखि अत्तरियासम्म सडक मर्मतको ठेक्का सकिएको १६ महिनासम्म अर्को ठेक्का भएन। सडक डिभिजन कार्यालयले पनि मर्मत गरेन। १६ महिनासम्म मर्मत नगरिएको पूर्व–पश्चिम रामार्गको कैलाली खण्डमा खाल्डैखाल्डा परेका छन्। डिभिजन सडक कार्यालय, महेन्द्रनगरका प्रमुख हरि सुवेदीले मर्मतको ठेक्का सकिएको बताए। उनले भने,  ‘मर्मतको नयाँ ठेक्काको तयारी गर्दै छौ। स्टीमेट गर्दै छौ। अहिले ग्रावेल गर्ने तयारी छ।’

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर क्षेत्रमा खाल्डा कम छन। तर कैलाली खण्डको अत्तरिया पूर्वी रोड, जमुनावारी, वनबेहडा क्षेत्र, झिल, सुखड, बौनिया लगायतका क्षेत्रमा खाल्डै खाल्डा छन्। सडकमा परेका खाल्डाका कारण आगतजावतमा समेत समस्या हुने गरेको छ। खाल्डाका कारण दुर्घटनाको खोजिम भएपनि सडक डिभिजन कार्यालयले मर्मतमा बेवास्ता गरेको हो। ‘कञ्चनपुर क्षेत्रमा कम बिग्रेको छ। तर कैलाली क्षेत्रमा बढी छ। कैलाली क्षेत्रमा सडकको चौडाइ कम छ। ट्राफिक पनि धेरै छ। पानी जमेकाले पनि समस्या हुने गरेको छ,’ उनले भने।

सडक डिभिजन कार्यालयले पूर्व–पश्चिमर राजमार्गको कैलाली र कञ्चनपुर खण्डको एक सय २८ किलोमिटर र अत्तरियादेखि फलटुडेसम्मको झण्डै ६५ किलोमिटर सडक मर्मत नगरेको हो। आगामी आर्थिक वर्षका लागि संघीय सरकारले सडक मर्मत गर्न एक करोड ९९ लाख बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा मात्र पूर्व–पश्चिम राजमार्ग र महालकाली राजमार्ग मर्मत हुने भएको हो। डिभिजन सडक कार्यालय, महेन्द्रनगरका प्रमुख हरि सुवेदीले खाल्डाहरुको अनुगमन गरेको बताए। 

पूर्व–पश्चिम राजमार्गभन्दा महाकाली राजमार्गमा ठुला खाल्डा छन्। पहाडी क्षेत्रमा वर्षाको समयमा खाल्डाखुल्डी भएका सडकका कारण दुर्घटना हुने गरेको छ। सहजपुर क्षेत्रमा सडक बढी बिग्रिएको छ। कैलाली र कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग मर्मतको काम १६ महिनादेखि ठप्प छ। पश्चिमी सडक खण्ड मर्मतको ठेक्का पाएको कालिका जोशी जेभीको समय २०७८ फागुन ६ गते सकिएपछि सडक मर्मतको काम ठप्प भएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चापुर क्षेत्रमा खाल्डाखुल्डी नभएपनि कैलाली खण्डमा भने सयौँ संख्यामा परेका खाल्डाखुल्डीले आवतजावतमा सास्ती हुँदै आएको छ। 

सडक डिभिजन कार्यालय महेन्द्रनगरले अर्को वर्ष मात्र सडक मर्मत गर्ने जनाएको छ। संघीय सरकारले सडक डिभिजन कार्यालयलाई पूर्व–पश्चिम राजमार्ग र महाकाली राजमार्ग मर्मतका लागि एक करोड ९९ लाख विनियोजन गरेको छ। सडक डिभिजनले पूर्व–पश्चिम राजमार्गको एक सय २८ किलोमिटर र अत्तरियादेखि फलटुडेसम्म ६५ किलोमिटर सडक आगामी आर्थिक वर्षमा मात्र मर्मत गर्न बजेट विनियोजन गरेको छ।