कैलालीमा बाघको छालासहित २ जना पक्राउ
2023/07/21, 10:57
 
ss

प्रहरीले कैलालीको गोदावरी नगरपालिकामा बाघको छाला सहित दुई जना पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडबाट २ बाट बिहीवार साँझ बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला सहित बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षीय हर्कबहादुर बिष्टलाई गोदावरीबाट पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको संयुक्त टोलीले बिहीवार साँझ बाघको छाला सहित पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भईरहेको बताए ।