नागरिक उन्मुक्ति पार्टीमा लफडा, आन्तरिक द्धन्दका कारण सरकार विस्तार रोकियो
2023/07/26, 9:39
 
ss

नागरिक उन्मुक्ति पार्टीमा देखिएको आन्तरिक द्धन्दका कारण आज हुने भनिएको सुदूरपश्चिम प्रदेश सरकार विस्तार रोकिएको छ।नागरिक उन्मुक्तिका तर्फबाट सुदूरपश्चिम सरकारमा सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने कुरा बाहिर आएपनि अन्तिममा संसदीय तल र पार्टी विच कुरा नमिल्दा मन्त्रीपरिषद विस्तार हुन सकेन। नागरिक उन्मुक्ति पार्टी बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने हिजो नै निश्ति भएपनि आज मन्त्रालय विच भागवन्डा नमिल्दा सरकार विस्तार रोकिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफुहरु सरकारमा सहभागि नहुने जानकारी गराएकी हुन् । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ –‘पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागि नहुने जानकारी गराइन्छ।’ नागरिक उन्मुक्ति पार्टी मंगलबार प्रदेश सरकारमा सहभागि हुने तयारी गरेको थियो।

सोही अनुसार दलको कार्यालयले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो। मन्त्री सिफारिस पछि उन्मुक्ति भित्र असन्तुष्ट प्रदेश सभा सदस्यहरुले नियूक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसंग अनुरोध गरेका थिए। प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले छलफल पुरा नभएका कारण सरकार विस्तार रोकिएको बताए । त्यस्तै गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको छ। सो रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमल बहादुर शाह पार्टीभित्र छलफल भईरहको हुदाँ अबको एक दुई दिनमा सुदूरपश्चिम प्रदेश सरकारले पुर्णता पाउँने दावी गरे ।

यता नागरिक उन्मुक्ति पाटी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको नाम हिजो नै मुख्यमन्त्री लाई वुझाएपनि आज आज ४ बजे हुने भनिएको शपथ ग्रहण के कारणले रोकियो आफुहरु लाई जानकारी नभएको बताए। उनले संदीय दलले केन्द्रको निर्णया बमोजिम नै आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको नाम टुङगो लागेको जानकारी दिए ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन।

मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइले सरकारको नीतिगत काम प्रभावित हुनुका साथै अन्य काम कारबाहीमा प्रभावकारिता देखिन सकेको छैन ।नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनबाट मुख्यमन्त्री बनेका थिए । प्रदेशमा ६ महिना देखि भुमि ब्यवस्था तथा कृषि सकारी मन्त्रालय र असार ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहिन छन् ।