बल्ल तात्यो बन मन्त्रालय, सडक बिचमा रहेका रुख काट्न प्रक्रिया अघि बढ्दै
2023/07/26, 9:43
 
ss

सडक पिच गर्दा समेत रुख नकाटी गर्नुपर्ने बाध्यता अब टर्ने भएको छ । सुदूरपश्चिमका बिभिन्न सडकहरु बिचमा रहेका रुखहरु अब काटिने भएका छन् । सुदूरपश्चिम प्रदेशको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले अब सडक बिचमा रहेका रुखहरुलाई काटेर नागरिकको आवागमनमा सहज बनाउने तयारी गरेको हो ।

मन्त्रालयमा नयाँ नेतृत्व आएसंगै सो प्रक्रिया अगाडी बढ्न लागेको हो । मन्त्रालयले सडकको विचमा रहेका रुख कटानका लागि प्रक्रिया अघि बढाउने भएको हो । वनको अनुमति नपाउँदा सडकको विचमा रुख राखेर निर्माण गरिएका सडकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ती रुख कटानका लागि प्रक्रिया अघि बढाउन लागेको हो । ‘चुनाव अघि देखिनै सडकको विचमा रहेका रुख कटान गरिनुपर्छ भनेर मैले भन्दै आएको थिए,’ उद्योग पर्यटन वन तथा वातावरण मनत्री रमेससिं धामीले भने, ‘अहिले म मन्त्री भएको छु, नागरिकको समस्यालाई समाधान गर्नु मेरो कर्तव्य हो ।’

मन्त्री धामीले पहिलो चरणमा सडकको विचमा कति रुख रहेका छन् भनने बारेमा अध्ययन गर्ने कार्य भइरहेको बताए । ‘सडकको विचमा रहेका रुखको तथ्याङ्क संकलन गर्न मैले निर्देशन दिइसकेको छु,’ मन्त्री धामीले भने, ‘एकिन तथ्याङ्क आएपछि रुख कटानका लागि आवश्यक प्रक्रिया अघि बढाइने छ ।’

रुख कटान गर्दा आइपर्ने नीतिगत समस्या समाधानका लागि आफु आवश्यक समन्वय गर्न तयार रहेकोमन्त्री धामीको भनाई छ । ‘प्रदेश स्तरबाट हुने कानूनी समस्या समाधान गर्न मन्त्री परिषदमा फाइल पठाइने छ,’ मन्त्री धामीले भने, ‘संघिय सरकारबाट समस्या समाधान हुने भए त्यता पनि पहल गरिने छ, तर रुख कटान जसरी पनि गरिने छ ।’

आफुले वन क्षेत्र मास्न भने नदिने मन्त्री धामीको स्पस्टोक्ति रहेका छ । आफ्नो कार्यकालमा वन क्षेत्रको एक इन्च जमिन पनि अतिक्रमा हुन नदिने भन्दै मन्त्री धामीले भने, ‘सडकको विचमा रहेका रुखले नागरिकलाई सास्ती भएका कारण काट्नै पर्ने बाध्यता छ, त्यो वन फडानी हैन, वन अतिक्रमण र वन फडानी भने सह्य हुने छैन ।’

मन्त्री धामीले सरकारी कार्यालयमा लामो समय देखि थन्केर रहेको काठको व्यवस्थापनका लागि पनि आफुले पहल गरिरहेको बताएका छन् । नीतिगत अल्झनका कारण सरकारी कार्यालय परिषरमा करोडौंको काठ कुहिने अवस्थामा पुगेको बताउँदै मन्त्री धामीले त्यो काठ लिलाम गर्न वा कार्यालयमै काम लगाउन पहल भइरहेको बताए । सरकारी कार्यालय परिषरामा थन्केर रहेको काठ व्यवस्थापनमा देखिएको नीतिगत समस्या समाधानका लागि आफुने केन्द्र सरकारसंग पहल गरिरहेको उनले बताए ।

मन्त्री धामीले सामुदायिक वनमा लामो समय देखि काठ कटानी र व्यवस्थापन गर्न नपाइएका कारण उपभोक्तालाई समस्या भएको भन्दै त्यस तर्फपनि आफ्नो ध्यानाकर्षण भएको बताए । ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी नभएको भन्दै सरकारले त्यो कार्यक्रम सञ्चालन भएका वनमा लामो समय देखि काठ व्यवस्थापन गर्न नदिंदा नागरिकलाई हैरानी भइरहेको छ,’ मन्त्री धामीले भने, ‘त्यो समस्या समाधानका लागि पहल भइरहेको छ ।’ सामुदायिक तथा साझेदावरी वनको काठ सदुपयोग गर्नका लागि ‘दिगो वन व्यवस्थापन’ कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री धामीले बताए । त्यसका लागि मन्त्रालयका उप सचिवको नेतृत्वमा अध्ययन समिति समेत गठन गरिएको छ ।

आफुल सर्वसाधारण नागरिककै हैसियतमा रहेर हाल सम्म मन्त्रालयका गतिविधि सञ्चालन गरिरहेको मन्त्री धामीको भनाई छ । ‘चुनाव अघि नागरिकका हैसियतले आफुले जुन समस्या देख्नुपरेको थियो,’ ती समस्या समाधानका लागि अहिले काम गरिरहेको छु,’ मन्त्री धामीले भने, ‘ चुनाव अघि आम नागरिकका हैसियतमा देखेका समस्या मध्य जे जति समस्या समाधान हुन सक्छन् ती समस्या समाधानका लागि नथाकि कन काम गर्ने छु ।’ आफुलाई मन्त्री पदमा सधै रहुदा भन्ने आशा नभएको बताउँदै मन्त्री धामीले भने, ‘जतिदिन मन्त्रालयमा रहन्छ, त्यति दिन इमान्दारी पूर्वक काम गर्ने छु ।’