सडक दुर्घटनामा दिवगंत भएका पृथ्वीका ठाउँमा शिवराजलाई मन्त्री बनाउँदै काग्रेंस
2023/08/02, 12:53
 
ss

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बिहीबार मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री नियुक्त गर्ने भएका छन् ।  बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो ।

यो सँगै कांग्रेसकाले मन्त्रीको नाम टुङ्गो लगाउने मुख्यमन्त्री शाहले जानकारी दिए । संसदीय दलको बैठक मार्फत मन्त्रीको नाम टुङ्गो लगाउने तयारी भइरहेको छ । बझाङ सडक दुर्घटनामा परि पृथ्वी बहादुर सिंहको निधन भएपछि यो मन्त्रालय खाली थियो । सिंह काङ्ग्रेसबाट निर्वाचित सांसद थिए । नागरिक उन्मुक्तिले २ मन्त्रालयको दाबी गरेका कारण कांग्रेसले पाउने सम्भावना रहेका मन्त्रालयमा पनि मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेका थिएनन् ।

बालुवाटारमा सहमति भएपछि कांग्रेसले भोली मन्त्री टुङ्गो लगाउने भएको छ । कानुन मन्त्रीका लागि आधा दर्जन कांग्रेसका सांसदहरू आकांक्षी भएपछि बैतडीबाट निर्वाचित शिवराज भट्ट मन्त्री बन्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी  सहभागी थिए ।