कैलालीमा एक महिलाको हत्या आंशका, माइतबाट घर फर्केकै दिन मृत्यु
2023/08/03, 10:52
 
ss

कैलालीमा एक महिलाको हत्या भएको आंशका गरिएको छ। कैलालीको भजनी नगरपालिका(५ लालबोझीकी २४ वर्षीया संजीता चौधरी घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। माइत कैलालीको धनगढी उपमहानगरपालीका(१७ धुर्जुना गएकी संजीता मंगलबार घर फर्किने तयारीमा थिइन्।

मंगलबार साढे ९ बजे घर जान्छु भनेर निस्केकी थिइन् संजीता। माइती पक्षका अनुसार धनगढी बजारबाट १२ बजे  बसमा चढेकी संजीता दुई बजे आफ्नो घर लालबोझी पुगेकी थिइन्। उनी सोहिदिन उनी मृत अवस्थामा फेला परेकी हुन्। संजीताका २६ वर्षीय सुवेत यादब श्रीमान् भने सोहिदिन ४र५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केको माइती पक्षको भनाई छ। भारत जान तिकुनिया पुगेका यादब संजीता घर पुग्ने वित्तिकै झुण्डिएर देहत्याग गरेको खबर सुनेपछि घर फिर्ता भएका बताइएको छ।

तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको थियो । माइती पक्षले संजीताको आत्महत्या हुन नसक्ने आशंका ब्यक्त गर्दै एका(एक मृत्यु हुनु हत्या भएको बताएका छन् । मृतक संजीताका मामा हरिनारायण चौधरीले माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गर्नु, झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा पुग्नुले मृत्यु हुने बिषय अपत्यारिलो भएको बताए । संजीताको मोबाइल समेत उनका श्रीमान सुवेत यादबसँग भेटिएको उनले बताए। यस्तै माइती पक्षको उपस्थिती बिना मृतकको शब टीकापुर अस्पतालमा पोष्टमार्टम समेत गरिनुले आत्महत्या नभएर हत्या भएकै उनले दाबी गरेका छन् । संजीताका श्रीमानले भने कमाउन भारत गइरहेको बेला घरमा यस्तो घटना भएपछि फर्केर आएको कुरा शंकास्पद रहेको माइती पक्षको भनाई छ । माइती पक्षले घटनाको सत्यतथ्य छानबिन नभएसम्म शव उठाउन नदिने बताएका छन्।