भारतको उत्तराखण्डको पहिरोमा परी दर्जन नेपाली बेपत्ता
2023/08/04, 7:59
 
dd

भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो ।

केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भयो,ु पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, ‘विस्तृत जानकारीको लागि सम्पर्क भइरहेको छ । नाम ठेगाना यकिन भइसकेको छैन । सबै विवरण प्राप्त भए पनि बेपत्ता हुनेहरुको नाम सार्वजनिक गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ ।’ उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए ।

अहिलेसम्म पातरासी(२ र ३ का गरी ११ जनाको पहिचान भएको उपाध्यक्ष जुनमाया रोकायाले बताइन् । बेपत्ताको पहिचान खुलेको छैन । पहिरोले होटल बगाएको भारतीय मिडिया हिलवाणीले जनाएको छ । बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको खबरमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्ष, उपाध्यक्षबाटै आफूलाई जानकारी प्राप्त भएकोले घटनाबारे गृह मन्त्रालयमा समेत जानकारी पठाइसकेको बताए ।

दिल्ली दूतावासका भारतीय प्रहरीबाट प्राप्त जानकारीअनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा बिहीबार राति ११स्३० बजे पहिरोमा परी हराएको सूचना प्राप्त भएको हालसम्म ३ जनाको शव भेटिएको तर पहिचान हुन नसकेको जुम्लाकी सांसद कान्तिका सेजुवालले बताएकी छन् ।