प्रेमी जोडीले सँगै हाम फालेः जसले नहरमा हाम फालेकी युवतीको ज्यान जोगाए
2020/07/03, 5:52
 
death

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीमा शुक्रवार दिउँसो युवायुवतीले नहरमा हाम फाले । भीमदत्त नगरपालिका– २ उल्टाखामका २३ वर्षीया राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीलाई नहरमा हाम फालेको देखेपछि भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) सहित स्थानीयको टोली उद्धारमा जुट्यो ।

युवतीको उद्धार गर्न सफल भएको वडाध्यक्ष कुँवरले बताए । तर युवक भने अझै बेपत्ता छन् । वडाध्यक्ष कुँवर, स्थानीय र प्रहरीको टोली युवककोे खोजीमा लागेको छ तर युवक भने अझै बेपत्ता छन् । नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा हाम फालेको देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेका थिए, उनी संगै वडाध्यक्ष कुँवर पनि थिए । ‘पानीमा टाउको मात्रै देखिएको थियो ।

नरेश भाईले पानीबाट निकाले ।’ उनले भने, ‘पेटमा पानी भरिएर बेहोस भएकी युवतीको १०÷१५ मिनेटमा होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा हाम फालेको सुनाइन ।’ वडाध्यक्ष कुँवरका अनुसार खोजी कार्य जारी रहे पछि युवक अझै बेपत्ता छन् । युवतीको अहिले महाकाली अस्पतालका उपचार भईरहेको छ ।