सुदूरपश्चिममा तीन वर्षको अवधीमा ५ हजार २ सय उजुरी अख्तियारमा,बढी उजुरी कैलालीबाट
2023/08/13, 10:24
 
सुदूरपश्चिममा तीन वर्षको अवधीमा ५ हजार २ सय उजुरी अख्तियारमा,बढी उजुरी कैलालीबाट

कैलाली - अख्तियार दुरुपयोग गरेको भन्दै सुदूरपश्चिम प्रदेशबाट ५ हजार २ सय ६७ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयका अनुसार तीन वर्ष अवधिमा सो संख्यामा उजुरी परेका हुन् ।

आर्थिक वर्ष ०७७र०७८ मा प्रदेशबाट १ हजार ५ सय ७६ वटा उजुरी परेका थिए । आर्थिक वर्ष ०७८र०७९ मा उक्त संख्या बढेर १ हजार ७ सय ३९ पुगेको थियो । गत आर्थिक वर्ष ९०७९र०८०० १ हजार ९ सय ५२ पुगेको कार्यालयले जनाएको छ। तीन वर्षको अवधिमा परेका उजुरीमध्ये ४ हजार ५ सय १७ उजुरी फर्छ्यौट भइसकेका र बाँकी ७ सय २० हाल अनुसन्धानमा रहेका छन् । अख्तियारको दुरुपयोग गरेको भन्दै उजुरी दिनेको संख्या वर्षेनी बढ्दो छ।

तीन वर्षको अवधिमा सबैभन्दा बढी उजुरी कैलालीबाट परेका छन् । कैलाली जिल्लामा ०७७र०७८ मा ४ सय ६०, ०७८र०७९ मा ४ सय ६३ र ०७९र०८० मा ४ सय ५७ उजुरी परेकामा हाल ६३ थान उजुरी अनुसन्धानका क्रममा रहेका छन् । यस जिल्लाबाट परेका उजुरीमध्ये १ सय ५९ हाल अनुसन्धानको क्रममा रहेका छन् । सबैभन्दा कम बाजुराबाट २ सय ८४ उजुरी परेका छन् । यस जिल्लाबाट परेका उजुरीमध्ये हाल अनुसन्धानमा ५३ उजुरी रहेका छन्।

तीन वर्षको अवधिमा कञ्चनपुरबाट ८ सय ९८ उजुरी परेका आयोगको कञ्चनपुर कार्यालयका लेखा अधिकृत वसन्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार ०७७र०७८ मा २ सय ९७, ०७८र०७९ मा २ सय ८४ र ०७९र०८० मा ३ सय १३ उजुरी परेका हुन् । यस जिल्लाबाट परेका उजुरीमध्ये हाल ६३ अनुसन्धानको क्रममा रहेका छन् । यस्तै, प्रदेशका सात पहाडी जिल्लामध्ये सबैभन्दा बढी उजुरी बैतडीबाट परेका आयोगले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

यस जिल्लाबाट ०७७र०७८ मा २ सय १५, ०७८र०७९ मा २ सय २९ र ०७९र०८० मा २ सय ७७ गरी यो अवधिमा ७ सय २२ उजुरी परेका थिए । जसमा आयोगले ६ सय २१ उजुरी किनारा लगाई सकेको छ भने बाँकी १ सय १ उजुरी अनुसन्धानको क्रममा रहेका छन्। डडेल्धुरा जिल्लाबाट तीन वर्षको अवधिमा३ सय ७२ उजुरी परेका छन् । यस जिल्लाबाट ०७७र०७८ मा १ सय १८, ०७८र०७९ मा १ सय २९ र ०७९र०८० मा १ सय २९ उजुरी परेकामा हाल अनुसन्धानका क्रममा ४३ उजुरी रहेका छन् । दार्चुला जिल्लाबाट परेका ०७७र०७८ मा १ सय ११, ०७८र०७९ मा १ सय ३२ र ०७९र०८० मा १ सय ४४ गरी ३ सय ८७ उजुरीमध्ये ३ सय ३० फर्छ्यौट भइ हाल ५७ अनुसन्धानको क्रममा रहेका छन् ।

तीन वर्षको अवधिमा बझाङ्गबाट ४ सय ६३ उजुरी परेका छन् । ०७७र०७८ मा १ सय १४, ०७८र०७९ मा १ सय ८२ र ०७९र०८० मा १ सय६७उजुरी परेकामध्ये ८२ उजुरी हाल अनुसन्धानको क्रममा रहेका छन् । अछामबाट ०७७र०७८ मा ८०, ०७८र०७९ मा १ सय १० र ०७९र०८० मा २ सय ६ गरी ३ सय ९६ उजुरी परेकामा २ सय ९१ आयोगले फर्छ्यौट गरी १ सय ५ अनुसन्धानको क्रममा रहेका लेखा अधिकृत शाहीले जानकारी दिए । यस्तै, डोटीबाट ०७७र०७८ मा १ सय १८, ०७८र०७९ मा १ सय २६ र ०७९र०८० मा १ सय २१ गरी तीन वर्षको अवधिमा ३ सय ६५ उजुरी परेका छन् । ती उजुरीहरूमध्ये ३ सय ८ किनारा लागिसकेका छन् भने ५७ हाल अनुसन्धानको क्रममा रहेका आयोगले जनाएको छ ।