भीमदत्त राजमार्ग आज दिउँसो १२ बजेदेखि बन्द
2023/08/17, 1:27
 
धनगढी। भीमदत्त राजमार्ग आज १२ बजेदेखि बन्द हुने भएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भीमदत्त राजमार्ग बन्द हुने भएको हो।  साउन २२ गते सोमवार पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि सो समयसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। महेन्द्रनगरका प्रमुख हरि सुवेदीले पहिरो हटाए पनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले सडक मर्मत गर्न लागिएको जानकारी दिए।हाल मर्मतका लागी दैनिक

धनगढी - भीमदत्त राजमार्ग आज १२ बजेदेखि बन्द भएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भीमदत्त राजमार्ग बन्द भएको हो।

साउन २२ गते सोमवार पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि सो समयसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। महेन्द्रनगरका प्रमुख हरि सुवेदीले पहिरो हटाए पनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले सडक मर्मत गर्न लागिएको जानकारी दिए।हाल मर्मतका लागी दैनिक १२ बजेदेखि साँझ ६ बजेसम्म  सवारी सञ्चालन बन्द गर्ने गरिएको छ ।

गाडी चले पनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा बगिरहेको पानीलाई पाइपमार्फत् निकास दिइने उनले बताए। गत सोमवार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो। करिब ५ सय मिटर सडक भासिएपछि यातायात अबरुद्ध बनेको थियो। पहिरोका कारण सोमवारदेखि अवरुद्ध भएको भीमदत्त राजमार्ग धेरै प्रयासपछी एक हप्तापछि सञ्चालनमा आएको थियो।