धनगढीको वडा नम्बर २ स्थित मोहना आर्यघाटमा दाह संस्कार गर्न निषेध
2020/07/03, 8:41
 
lass

धनगढी उप–महानगरपालिका वडा नम्वर २ को मोहना आर्यघाटमा दाह संस्कार गर्न नपाईने भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर २ ले सूचना जारी गर्दै सो आर्यघाटमा दाहसंस्कार गर्न निषेध गरिएको जानकारी दिएको हो ।

दुईसाता अघी मात्रै गौरीफन्टामा बसेको कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सहित भारतीय अधिकारीको बैठकमा नेपालीहरुले दाहसंस्कार गरिरहेको मोहना आर्यघाट क्षेत्र भारतमा पर्ने भएकाले त्यहाँ नगर्न भारतीय अधिकारीले आग्रह गरेका थिए । 

कैलालीको गोदावरी नगरपालिकाका कोरोना संक्रमितको मृत्यु भएपछि मोहना घाटमा शव व्यवस्थापन भएपछि भारतीय पक्षले असहमति जनाउँदै आएको थियो । स्थानीय प्रशासनको आग्रह अनुसार धनगढी उप–महानगरपालिकाले त्यसको विकल्पको रुपमा धनगढी उप–महानगरपालिका वडा नम्बर ९ र १ को बिचमा रहेको त्रिवेणी घाट र वडा नम्बर ३ मा रहेको वालका मन्दिर पछाडीको घाटमा दाहासंस्कार गर्न नगरवासीमा अनुरोध गरेको हो ।

1