हेटौंडा घटनामा सुदुरपश्चिमका अस्पतालको ऐकेबद्धता, आकस्मिक सेवा बाहेकका अन्य सेवा एक दिन बन्द
2023/09/17, 7:31
 
ss

हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरेको छ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै आज आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरेको हो। सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको सङ्घको आरोप छ।यता एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिन सुदुरपश्चिम प्रदेशले डाक्टर थापा र विडारीमाथि सांघातिक आक्रमण प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।अफिन सुदुरपश्चिम प्रदेशले घटनाको बिरोधमा आज नेपाल चिकित्सक सङ्घले गरेको आन्दोलनको समर्थन गर्दै सुदुरपश्चिमका सम्पुर्ण निजी अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेको जनाएको छ। डाक्टरमाथी आक्रमण गरी गम्भिर घाईते बनाइनु र अन्य सवास्थ्यकर्मीलाई समेत धम्क्याउनु अत्यन्तै दुःखद,असोभनिय अराजकताको पराकाष्टा भनेको छ ।

अध्यक्ष तिर्थ पन्तद्धारा जारी गरिएको विज्ञप्ती मार्फत दोषीलाई कडा भन्दा कडा कार्वाहिको गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गरिएको छ। हेटौंडा घटनामा कैलालीका बिभिन्न अस्पतालहरु ऐकेबद्धता जनाउँदै आकस्मिक बाहेकका सबै सेवाहरु लागि बन्द गरेका छन् । यस्तै कैलालीको धनगढी ४ उत्तरबेहडीमा रहेको नवजीवन अस्पताललले पनी आकस्मिक बाहेकका सबै सेवाहरु लागि बन्द गरेको मेडिकल डाइरेक्टर डाक्टर विदुरमणी ढकालले बताएका छन् ।उनले भाद्र २७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको सन्चो अस्पतालमा कार्यरत नेपाल चिकित्सक संघका आजिवन सदस्य डाक्टर डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारीमाथि सांघातिक आक्रमणका गरी गम्भिर घाईते बनाएको घटना प्रति ऐक्यबद्धता प्रकट गर्दै आज भदौ ३१ गते यस अस्पतालको बहिरंग ओ पी डी सेवा पुर्ण रुपमा बन्द रहेको जानकारी दिएका छन् । साथै यसबाट बिरामी बर्षमा पर्नै गएको असुविधा प्रति क्षमा याचना गरेका छन् ।

 

चिकित्सक द्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ। जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ।