कैलालीमा बहुविवाहको आरोपमा माओवादीका एक नेता निलम्बित
2023/09/18, 7:28
 
ss

बहुविवाहको आरोपमा कैलालीका एक नेता निलम्बनमा परेका छन् । नेकपा माओवादी केन्द्रले पार्टिका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य समेत रहेका शेरबहादुर चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको हो। चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत हुन्। उनले केही समयअघि बहुविवाह गरेको पाइएको छ।

उनले ‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले चौधरीलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ। चौधरी विरुद्ध पार्टीमा उजुरी परेपछि उनको कमजोरी पुष्टि भएसँगै उनलाई केन्द्रीय कार्यालयको बैठकबाट निलम्बनको गरिएको हो।