साहुनीलाई किस माग्ने वडाध्यक्षमाथि जवरजस्तीकरणी उद्योमा जाहेरी
2020/07/04, 8:57
 
jan pratinidhi

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई बलात्कारको आरोप लागेको छ । वडा नम्वर ९ ब्रह्मदेवमा नै व्यवसाय गर्दै आएकी एक महिलाले वडाध्यक्षमाथि जवरजस्तीकरणी उद्योगमा जाहेरी दिएकी हुन् ।

बिहीवार दिउँसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेपछि नाथ पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थपा क्षेत्रीले वडाध्यक्ष नाथ विरुद्ध जवरजस्तीकरणी उद्योगमा जाहेरी आएपछि म्याद थप गरिएको बताए ।

‘जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिन म्याद थप भएको छ, ।’ उनले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’ यसअघि बिहीवार राति स्थानीयले महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तीले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए । मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेको स्थानीयको आरोप छ ।