संंविधान अधुरो र अपुरो छः थारु अगुवाहरु
2023/09/20, 5:26
 
ss

संविधान जारी भएको आठ वर्ष पुरा भई आज नवौं वर्षमा प्रवेश गरेको छ । संविधान जारी भइरहदा पहिचान र अधिकारका लागि लडिरहेका थारु समुदायका अगुवाहरु विरोधमा थिए । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिन पहिचान र अधिकार नपाएको भन्दै संविधाननै उनीहरुले जलाएका थिए भने राती बत्ती बन्द गर्दै ‘कालो दिन’ का रुपमा लिए ।

संविधान जारी भएको आठ वर्ष पुरा भइरहदा अझै पनि पहिचान र अधिकारका लागि एक ठाउँमा उभिएका थारु समुदायका अगुवाहरुको माग अझै कायम रहेको छ । टीकापुर घटनामा जेल जिवन विताइरहेकाहरुलाई संविधान दिवसका अवसरमा सरकारले आममाफी दिएसंगै अगुवाहरु खुशी भएपनि अझै संविधानप्रति सकारात्मक बनेका छैनन् ।

पहिचान र अधिकारका लागि २०७२ साल भदौ ७ गते टीकापुर घटेको थियो । सो घटनामा संलग्न रहेको भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा नेता रेशमलाल चौधरीसहित केही व्यक्तिहरु पक्राउ परे । संविधान जारी भइरहदा थुनामा रहेका रेशमले आफना मागहरु संविधानले नसमेटेको भन्दै विरोध गर्दै आइरहेका थिए । 

संविधानलाई अस्विकार गर्दै आइरहेका राजबन्दी ९टीकापुर घटनाका अभियूक्त० प्रदिप चौधरीले भने –‘संविधान जारी भएदेखि हामीले हरेक वर्ष विरोध स्वरुप यसलाई कालो दिनका रुपमा लिएका थियौं । यस वर्ष हामी सबै घर–घरमा दिपप्रज्वलन गरेर खुशीयाली रुपमा मनाउने छौं ।’ 

पार्टीका संरक्षक रेशमले भने –‘आजको दिन पछाडि हामी सदभावको आम सभा गर्ने छौं । दुबै पक्षलाई भएको अपूर्णीय क्षतिको कारक को हो रु यो राज्यले अविलम्ब खोज्नुपर्दछ तर, नागरिकका बिचमा द्वन्द्व हुनुहुँदैन भन्ने कुरालाई मध्ये नजर गर्दै आम सभालाई भव्यताका साथ मनाउने छौं ।’ उनले सबै नागरिकको हक र अधिकार संविधानले सुनिश्चितता गर्नुपर्ने बताए ।

उन्मुक्तिका नेता लक्ष्मण थारुले टिकापुर घटनालाइ राजनीतिक रुपले सम्बोधन गरिनुपर्ने बताए । उनले भने ‘टीकापुर घटना राजनीतिक रुपमा सम्बोधन नभए ३६ जना थारुहरु अझै कुनै पनि बेला जेल जानैपर्ने बाध्यता छ । लडाइ सक्किएको छैन किनकी कानुन र संंबिधान अतिबादि छ । अधुरो र अपुरो छ ।

थारुहरुको पहिचान र अधिकारका लागि गठन भएको थारु कल्याणकारिणी सभा र थरुहट थारुवान राष्ट्रिय मोर्चाले असोज ३ लाई कालो दिनकै रुपमा लिन विज्ञप्ती जारी गरि आह्वान गरेको छ । ‘असोज तीन कालो दिन’ भनेर हरेक वर्ष संविधान जारी भएको दिनमा विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । जारी विज्ञप्तीमा भनिएको छ –‘आजको यस ‘असोज तीन कालो दिन’को सन्दर्भमा शान्तिपूर्ण ढंगले साझ सात बजेदेखि आधा घण्टाका लागि ‘ब्ल्याक आउट’ गरि विरोध कार्यक्रममा सहभागि र समर्थन जनाई दिन हुन आम नेपाली जनतामा यसैमार्फत अपिल गर्दछौं ।’ सरकारले थरुहट थारुवान आन्दोलनले उठान गरेको माग मुद्दा यथाशिघ्र पूरा गरि दीर्घकालिन शान्ति निर्माण प्रक्रियामा लाग्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक अध्यक्ष माधव चौधरी र थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका प्रवक्ता चुनीराम चौधरीद्धारा हष्ताक्षरित विज्ञप्तीमार्फत टीकापुर घटनामा थुनामा रहेका राजबन्दीहरुलाई कारागारमुत्तः गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गरिएको छ ।