
बाजुरा बुढीनन्दा नगरपालिको वडा नम्बर १० मा भैसीखर्कमा चट्याङ पर्दा ८ बर्षिय बालककोे मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनको कालापाटन भन्ने ठाउँमा भैसीखर्कमा बसिरहेका बेला राती परेको चट्याङ लागेर ८ बर्षिय बालक दिपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यकका ठुला बुवा ४९ बर्षीय सौउरे बोहरा घाइते भएका छन् । घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी पोष्टबाट प्रहरीको टोली गईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनास्थल पुग्न करिव ५ घण्टा लाग्ने गरेको स्थानीयले बताएका छन् । घटनाको बिस्तृत जानकारी प्रहरीको टोली घटना स्थल पुगीसकेपछि मात्र आउने प्रहरीले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09